सहकारीले पकलीमा सञ्चालनमा ल्याएको संकलन केन्द्रको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । संकलन केन्द्र उद्घाटनको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
स्वास्थ्य शिविरमा सो क्षेत्रका सर्वसाधारणले सेवा लिएका थिए । अमृता सुब्बा अध्यक्ष रहेको महिला बचत तथा ऋण सहकारीले यस अघि इटहरीकाे पुराण चौक , खनार , तरहरा र मुख्य चौक क्षेत्रमा संकलन केन्द्र सञ्चालनमा ल्याइसकेको छ । अधिक महिला सदस्य रहेको सो सहकारीमा सात हजार बढी सदस्यहरु रहेको जानकारी गराइयो ।



