• मंसिर १०, २०७६
  • जुनकिरी खबर

प्रदेश १ बाट पोखरा उडान

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर १५ गतेदेखि भद्रपुर र विराटनगर विमानस्थलबाट पोखरका लागि उडान सुरु हुने घोषणा गरेका छन् । 

‘प्रदेश सरकारले बुद्ध एयरसँग मध्यस्थता गरेर भद्रपुर र विराटनगरबाट पोखर उडान सुरु गर्ने वातावरण निर्माण गरेको छ,’ उनले भने, ‘भद्रपुर र विराटनगरबाट पोखराका लागि सुरु भइरहेको उडानलाई नियमित गर्न सीमावर्ती भारतीय सहरहरुमा प्रदेश सरकारले प्रचारप्रसार अभियान सञ्चालन गर्न सहयोग गर्छ ।’


भारतीय पर्यटकहरुलाई प्रदेश १ का पर्यटकीय गन्तव्यहरु घुमाएर पोखर जान सहज बनाउनका लागि यो दुई वटा विमानस्थलबाट उडान सुरु गर्न लागिएको मुख्यमन्त्री राईको भनाइ थियो । यो दुई विमानस्थलबाट हुने पोखर उडानले पूर्वबाट आउने पर्यटकलाई पोखरासम्म पुर्‍याउन र पोखरा घुम्न आएका पर्यटकलाई प्रदेश १ का पर्यटकीय गन्तव्य हेर्न आकर्षित गर्न मद्दत पुग्ने उनले सुनाए ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले भारतका धेरै पर्यटक विराटनगरबाट काठमाडौं गएर पोखर घुम्न जाने गरेको बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]