• मंसिर ११, २०७६
  • जुनकिरी खबर

मधुमल्ला छोटी भन्सार बेवारिस

alt

कुनै समय सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सारले दैनिक १० हजारसम्म भन्सार महसुल असुली गरेको अभिलेख छ । तर त्यो कार्यालय डेढ दशकदेखि वेवारिस अवस्थामा छ । भवन भत्किएको छ । सरकारको नाममा रहेको करिब तीन कट्ठा जमिन उपयोगविहीन छ ।

त्यही छोटी भन्सारको नाममा करिब चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा रहेको तरीगामा गोदाम पनि बेवारिस छ । गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौ मूल्य बराबरका सामानको अवैध ओसार पसार हुन्छ । नियन्त्रण गर्ने निकाय बेखबर छ ।


माओवादीको द्वन्द्वसँगै यो छोटी भन्सार बन्द भएको हो । स्थानीय रुपचन मण्डलका अनुसार विराटनगर भन्सारका कर्मचारी पटकपटक आएर भवन मर्मत गर्ने र सञ्चालन गर्ने भन्दै गए पनि अहिले सम्म फर्किएका छैनन् ।
 
माओवादीको द्वन्द्वसँगै मोरङमा रहेका विभिन्न नौवटा छोटी भन्सार विस्थापीत भएका थिए । भारतसंग ६० किलोमिटर सीमाना जोडिएको मोरङमा मायागन्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् । अहिले मायागञ्ज, रंगेली र डाईनिया छोटी भन्सार सञ्चालनमा छन् । सञ्चालनमा नरहेकाबाट भन्सारबाट चोरीनिकासी र पैठारी मौलाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]