• मंसिर १२, २०७६
  • जुनकिरी खबर

मिलेमतोमा विषादी परीक्षणबिनै भित्रिन्छ भारतीय तरकारी र फलफूल

alt

भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट आयातित फलफूल तथा तरकारी नेपाल भित्र्याइँदैछ।  मेची भन्सार कार्यालय काँकडभिट्टाले विषादी परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिले भद्रपुर नाकाबाट धमाधम भित्र्याउँदै छ।

विषादी परीक्षणपछि राजश्व तिराएर भित्र्याउन दिनुपर्ने फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालयले त्यसै आयात गर्न दिइरहेको छ। त्यसबापत भारतीय कारोबारले नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई रकमसमेत बाँड्ने गरेको व्यापारी स्रोतको दाबी छ।

पिकअप भ्यान तथा मिनी ट्रकमा फलफूल र तरकारी भित्र्याउँदा सबैको आँखा लाग्छ भनेर कारोबारीले साइकल र सिटी सफारीलाई माध्यम बनेका छन्।  कारोबारीले मेची पुलपारि फलफूल र तरकारी भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर प्लेटको सिटी सफारी, ठेला भ्यान र साइकलमा लोड गरी भन्सार अगाडिबाटै नेपाल प्रहरीको चेक पोस्टसम्म ल्याउँछन्। भन्सार अगाडिबाट लाइन लगाएर सफारी र साइकल प्रहरीको चेकपोस्टसम्म आइपुग्दा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी त्यसलाई रोक्नुका साटे उल्टै कति वटा गयो भनेर गन्दै बस्छन्।

त्यसपछि कारोबारीले ड्युटीमा खटिएका कर्मचारी र प्रहरीलाई रकम बाँडछन्। एउटा सिटी सफारीले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाडने गरेको व्यापारी स्रोतको दाबी छ। 

‘पहिला पिकअप र मिनी ट्रकमा फलफूल तथा तरकारी भन्सार आउँथ्यो। भन्सारले विषादी परीक्षणका लागि पत्र लेखिदिए पछि कारोबारी बिर्तामोड गएर परीक्षण गरेर ल्याउनु पथ्यौं। अनि मात्र भन्सार काटिन्थ्यो’, व्यापारी स्रोतले भन्यो, ‘अहिले त्यसो गर्न छाडिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]