• मंसिर १२, २०७६
  • जुनकिरी खबर

हतियारसहित युवक पक्राउ

alt

हतियार देखाई अपहरणको शैलीमा ट्याक्टर मजदुरलाई नियन्त्रण लिएको भन्दै वेलका नगरपालिका–३ सातपत्रेबाट बुधबार राति एक युवक पक्राउ परेका छन् । स्थानीय १९ वर्षीय मनोज खत्री हतियारसहित पक्राउ परेका हुन् । 

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो । राति साढे ९ बजे सातपत्रेबाट रामपुरतर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टर रोकी सोही ट्याक्टरमा काम गर्ने १८ वर्षीय विश्व खड्कालाई हातपात गरिरहेको अवस्थामा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।


पक्राउ परेका खत्रीलाई जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडि बढाइएको इलाक प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]