• मंसिर १२, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा विद्युत बस सञ्चालनमा अन्यौल

alt

प्रदेश सरकारले सहजीकरण नगर्दा प्रदेश १ मा  विद्युत बस सञ्चालनमा अन्यौल भएको छ । सुन्दर यातायात प्रालिले काठमाडौंपछि प्रदेश १ को विराटनगरदेखि काकडभिट्टा, धरानदेखि काकडभिट्टा र काकडभिट्टादेखि कोशी व्यारेजसम्म वातावरण मैत्री विद्युत सार्वजनिक बस सञ्चालन गर्ने तयारी गरेको थियो। तर प्रदेश सरकारले सञ्चालन गर्न आवश्यक सहजीकरण नगरेकाले अन्यौता बढेको हो ।

भदैको अन्तमा नै सुन्दर यातायात प्रालिले काठमाडौंमा विद्युत बस सञ्चालन गरेपछि प्रदेश १मा सञ्चालन गर्न प्रदेश सरकारमा निवेदन दिएको थियो । तर प्रदेश सरकारले विद्युत बस सञ्चालन गर्नका लागि चाहिने चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउनुको सँगै अन्य आवश्यक सहयोगको सहजीकरण नगरेकाले अन्यौल बढेको हो । योजना त प्रदेश १ मा नै सञ्चालन गर्ने थियो, ' सुन्दर यातायात प्रालिले काठमाडौं नेपालका अध्यक्ष भेषबहादुर थापाले भने, 'प्रदेश सरकारले गर्नुपर्ने सहजीकरण नगरेकाले सुरु गर्न सकिएन।'

उनका अनुसार सरकारले सहजीकरण गरे एक हप्ताभित्र चाहिने समान पठाउने र सञ्चालनको लागि गर्नुपर्ने काम सुरु गर्ने योजना रहेको छ । प्रदेश १को सरकारले सहजीकरण नगरेकाले प्रदेश ५मा काम सुरु गरेको उनले जानकारी दिए ।

प्रदेश सरकारले चार्जिङ स्टेशनका लागि चाहिने जग्गा र अन्य आवश्यक सहयोग गर्ने सहजीकरण मात्र गर्नुपर्ने छ, 'उनले भने,' जग्गाको न्युतम भाडा कम्पनीले तिर्नेछ। अन्य स्थानभन्दा यात्रुलाई २० प्रतिशत भाडामा समेत छुट दिने भनेता पनि सरकारको सहजीकरण नभएकाले काम अघि नबढेको उनले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]