• मंसिर १३, २०७६
  • जुनकिरी खबर

‘सिद्धबाबा’ विरुद्ध बलात्कार मुद्दा दर्ता

alt

आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’को रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरी विरुद्ध सुनसरीको जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ । सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी बिहीबार दर्ता गराएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले भने, ‘ती महिलाको उजुरी हामीले दर्ता गरेका छौं । यो सरकारवादी मुद्दा भएकाले अब अदालतले जे आदेश दिन्छ सोही अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउने छौं ।’

उजुरी दर्ता गरेपनि प्रहरीले सिद्धबाबालाई हालसम्म पक्राउ गरेको छैन । ती महिलाले घटना कार्तिक ४ गते भएको उजुरीमा उल्लेख गरेकी छिन् । घटनाको पाँच सातापछि मात्रै उजुरी परेकोले अनुसन्धान गर्न प्रहरीलाई केही असहज अनुमान लगाउन सकिन्छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थाहा पाएसँगै ‘सिद्धबाबा’ले शुक्रबार बिहानै बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको स्रोतले दाबी गरेको छ ।

बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी थिइन् । ब्यूरोले जिल्लालाई नै फिर्ता पठाएपछि सुनसरीमा उजुरी दर्ता भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]