• मंसिर १३, २०७६
  • जुनकिरी खबर

धरानको मुख्य नाका बन्द, अत्यावश्यक र पास लिएका सवारी मात्र चल्न पाउने

alt

मंसिर १४ गते उपनिर्वाचनका लागि शुक्रबार मध्यराती १२ बजेदेखि अत्यावश्यक तथा अनुमति पत्र(पास) लिएकाबाहेक अन्य सवारीसाधनहरु प्रवेश निषेध हुनेछ ।

धरान प्रवेश गर्ने मुख्य ४ नाकामा मध्यराती १२ बजेदेखि नै सवारीसाधनहरु रोकिनेछन् । ती नाकाहरु भोली शनिबार मतदान सकिएपछि मात्र साँझ ७ बजेदेखि खुला हुने प्रहरी प्रशासनले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार विवाह, एम्बुलेन्स, चिकित्सकको टोली भएको सवारीलाई धरानमा चल्न छुट दिइनेछ । यस्तै, खानेपानीको गाडीलाई पनि अनुमति पत्र(पास) उपलब्ध गराएर चल्न दिइनेछ ।

यसबाहेक जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट अनुमति पत्र(पास) लिएका गाडी तथा मोटरसाइकलहरुलाई पनि चल्न छुट दिइनेछ । ‘अरु सबै दुई पांग्रे, चार पांग्रे सवारीसाधनहरु नाकामा नै रोकिनेछ,’डिएसपी न्यौपानेले भने । उनका अनुसार दक्षिणमा धरानको सिमाना रहेको तरहरासम्म मात्र गाडी आउन दिइनेछ भने पुर्वमा मोरङसँगको सिमाना चोक्टी, उत्तरमा धनकुटासँगको सिमाना भेडेटार र पश्चिममा बराहक्षेत्रको नडहामा नै धरान आउने सवारीसाधन रोकिनेछ । ‘

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]