• मंसिर १४, २०७६
  • जुनकिरी खबर

धरानमा ५५ हजार ११ मत खस्यो, राती १० बजेदेखि मतगणना शुरु हुने

alt

धरानमा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा ५५ हजार बढी मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ५५ हजार ११ मत खसेको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार धरानमा पुरुष भन्दा बढी महिला मतदाताले भोट हालेका छन् । उनका अनुसार २९ हजार ८ सय ५४ जना महिलाले मतदान गरेका छन् भने २५ हजार १ सय ५७ पुरुषले मतदान गरेका छन् । यो मत प्रतिशत ५९.२४५ प्रतिशत भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । धरानको कुल मतदाता संख्या ९२ हजार ८ सय ५३ हो ।

राती १० बजेदेखि नै धरानको मतगणना शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिहरुसँगको बैठकमा राती १० बजेदेखि मतगणना शुरु गर्ने सहमति भएको हो ।

मतगणना वडागतरुपमा शुरुवात हुनेछ । पहिला २० नम्बर वडाबाट मतगणना शुरुवात हुनेछ भने वडा नं ७ को मतगणना अन्तिममा हुनेछ । वडा नं ७ मा अध्यक्ष पदको पनि मतदान भएको हो ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेकपा र काङ्ग्रेसबीच नै भिडन्त भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार ८ बजे सर्वपक्षीय छलफलपछि मत गणनाको विषयमा टुंगो लाग्ने छ । रातको ११ बजेबाट मतगणना शुरु हुने अनुमान गरिएको छ । सुब्बाको २०७५ साउन १ गते निधन भएपछि मेयर पद रिक्त रहेको थियो भने ७ नम्बर वडाका वडाध्यक्ष भुवन मोक्तानको निधन भएपछि उक्त पद पनि खाली रहेको थियो ।

मेयर र वडा अध्यक्ष पदको लागि आज भएको उपनिर्वाचन धरानमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]