• मंसिर १७, २०७६
  • जुनकिरी खबर

पूर्वाञ्चल विश्वविद्यालले उपकुलपतिबिनै दीक्षान्त तयारी

alt

पूर्वाञ्चल विश्वविद्यालले उपकुलपतिबिनै दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । कामु उपकुलपतिको तीनमहिने कार्यकाल सकिएपछि मंसिर पहिलो सातादेखि विश्वविद्यालय उपकुलपतिविहीन छ । २७ गते मोरङको गोठगाउँमा नवौं दीक्षान्त समारोह हुने भनिएको छ ।

निवर्तमान उपकुलपति प्राडा घनश्याम लाल दासको कार्यकाल सकिएपछि भदौ पहिलो साता सरकारले व्यवस्थापन संकायका डिन प्राडा विजुकुमार थपलियालाई तीन महिनाका लागि कायममुकायम उपकुलपति नियुक्त गरेको थियो। दीक्षान्त समारोहमा विश्वविद्यालयका आंगिक र सम्बन्धन पाएका क्याम्पसबाट स्नातक र स्नातकोत्तर गर्ने झन्डै १० हजार विद्यार्थी दीक्षित हुने बताइएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दीक्षित हुने हरेक विद्यार्थीसँग स्नातकतर्फ ५ हजार र स्नातकोत्तरतर्फ ५ हजार ५ सय रुपैयाँ गाउनको धरौटी र प्रमाणपत्र शुल्कबापत लिन सुरु गरेको छ।


विश्वविद्यालय स्रोतका अनुसार उपकुलपतिबिना दीक्षान्त समारोह हुनै सक्तैन। दीक्षान्त समारोहमा स्वागत मन्तव्य नै उपकुलपतिले गर्ने विश्वविद्यालयको प्रावधान छ। त्यसअघि प्राज्ञिक र कार्यकारी परिषद्को बैठकले दीक्षान्त समारोह गर्ने निर्णयलाई अनुमोदन गर्नुपर्ने र ती दुवैको अध्यक्षता उपकुलपतिले गर्नुपर्ने प्रावधान छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]