• मंसिर १७, २०७६
  • जुनकिरी खबर

दाहालको चीन भ्रमण स्थगित

alt

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल चीन भ्रमण स्थगित गरेका छन्। यही मंसिर २४ वा २६ गते चीन जाने कार्यक्रम तय भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारकै क्रममा अस्पतालमा भर्ना भइराखेको अवस्थामा विदेश भ्रमणमा जान उपयुक्त नहुने भन्दै उनले तत्काललाई भ्रमण स्थगित गरेका हुन्।

अध्यक्ष दाहाल सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली निवास फर्केपछि मात्र दाहालको चीन भ्रमण तय हुनेछ। नेकपाका ६० सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहाल चीन जान लागेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। शनिबार दिउँसो भएको एक कार्यक्रममा उनले आफू चीन भ्रमणमा जान लागेको बताएका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]