• मंसिर १७, २०७६
  • जुनकिरी खबर

प्रदेश नं १ मा ९४ हजार ६४० अपाङ्गता भएका व्यक्ति

alt

 प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ। त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन्।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापीरूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र सङ्घले अन्तरराष्ट्रिय अपाङ्गता वर्षका रुपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन शुरु भएको महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताए ।

अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको उपयोगमा विभेद, असमान व्यवहार र अवरोध सिर्जना हुन नहुने बताउँदै उहाँले पछिल्लो समयमा बनेका झण्डै ३७ कानूनमा अपाङ्गता भएका व्यक्तिको सेवासुविधाका बारेमा केही न केही उल्लेख गरिएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]