• असार १७, २०७६
  • जुनकिरी खबर

पेट्रोलियम ढुवानी व्यवसायीले दिए अल्टिमेटम

alt

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ ।

सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने पनि उल्लेख गरेको छ ।

महासंघले अधिकांस ट्याङ्करहरु बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पनि सरकारलाई आग्रह गरेको छ । ट्याङ्करहरु चालकहरु आफैंले सञ्चालन गरेको र बैंक ऋण फुकुवा गरेर कम्पनी दर्ता गरी भ्याटमा जान समय लाग्ने उनीहरुले तर्क गरेका छन् ।

महासंघले ट्याङ्करहरु भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्ने पनि माग अघि सारेको छ ।

महासंघले भारतीय क्षेत्रमा सञ्चालन हुने ट्याङ्करहरुको सञ्चालन खर्च कर प्रयोजनका लागि मान्य हुनुपर्ने एवं दृश्य अदृश्य खर्चको व्यवस्थापनको विषयमा सरकारले निर्णय गरिदिनुपर्ने माग समेत राखेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]