• मंसिर १८, २०७६
  • जुनकिरी खबर

धरानका नवनिवार्चित मेयरले आजदेखि पदभार सम्हाल्दै

alt

धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले आज पदभार सम्हाल्ने भएका छन् ।

आज दिउँसो साढे १२ बजे नगर प्रमुखको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको हो । त्यसअघि उनले ११ बजे धरान १६ स्थित गणेशमान सिंहको सालिकमा माल्र्यापण गर्नेछन् भने साढे ११ बजे धरान १९ स्थित हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा माल्र्यापण गर्नेछन् ।

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोडेका थिए । यस्तै, धरान ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी भएका थिए । उनले हिजो मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]