• मंसिर २०, २०७६
  • जुनकिरी खबर

इटहरीमा एक करोडको अक्षयकोष खडा

alt

इटहरीका रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका छन् ।

शुक्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । 

अधिकारीले सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा योगदा पुर्याउनेलाई सम्मान गर्ने उदेश्यले यो कोष स्थापना गरिएको बताए ।

यसअघि ११ लाख रुपैँया अक्षयकोष राखेर साहित्य, सामाजिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिदैँ आएको भएपनि यसलाई अझै प्रभावकारी, व्यवस्थित बनाउनका लागि थप गरी एक करोड रुपैँया बनाईएको उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कला तथा संस्कृतिका लागि एक करोड रुपैँया छुट्याउनु अनुकरणीय रहेको बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]