• मंसिर २१, २०७६
  • जुनकिरी खबर

नेकपा नेताद्वारा सरकारी जमिन व्यक्तिको नाममा गर्ने प्रयास

alt

सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरीले दमक नगरपालिका–८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको डीएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए। पुरीले उक्त सरकारी जग्गा पास गरिदिन लागेका पथरीका ओमप्रकाश पौडेललाई मंसिर १६ गते पक्राउ गरेको छ। प्रहरीकाअनुसार पौडेल टेम्पो चालक हुन्।


२ कट्टा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ। सरकारी जमिन व्यक्तिको नाममा लानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठकाअनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिहरुबारे पनि अनुसन्धान भइरहेको छ। पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको अनुसन्धानबाट देखिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]