• मंसिर २८, २०७६
  • जुनकिरी खबर

धरानबाट हेलिकप्टरमा तिर्थयात्रा !

alt

पूर्वको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी थानमा दर्शन गर्नकालागि हेलिकप्टर सञ्चालन हुने भएको छ ।

धरान होलिडेज र माउण्टेन हेलिकप्टर्स प्रालिले धरानदेखि पाथीभरा दर्शन, हलेसी दर्शन, धरानको साइड सिन, माउण्टेन फ्लाइट र हेलिकप्टर चार्टरको प्याकेज सार्वजनिक गरेको छ । बिहीबार धरानको होटल पूर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै धरानदेखि पाथीभरा दर्शन र हलेसी दर्शनकोलागी ३४ हजार, धरानको साइड सिनकालागी ५ हजार लगायतको प्याकेज सार्वजनिक गरेको छ ।

पाथीभरा र हलेसी दर्शनकालागि धरान, विराटनगर लगायत भारतको दार्जिलिङ, सिक्किम तथा भुटानदेखिका भक्तजनको अत्याधिक भिड लाग्ने गरेको भन्दै त्यसको सहजताकालागि आफुहरुले हेलिकप्टरको व्यवस्था गरेको माउण्टेन हेलिकप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार पाथीभरा तथा हलेसी दर्शन गरेर २ घण्टामा धरान फर्किइसकिने छ । ओलीले भने ‘धरानका स्थानीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर प्याकेज ल्याएका छौं, यसले धरानको पर्यटनलाई समेत चलायमान बनाउनेछ ।’ अहिले धरान रंगशालाको तल्लो भागबाट उडान भर्ने व्यवस्था मिलाइएको उनले बताए । होलिडेज धरानका सञ्चालकहरु कुन्दन श्रेष्ठ, अमृत मानन्धर, त्रिरत्न अधिकारी र अजय खनालको प्रयासमा धरानबाट हेलिटुरको व्यवस्था मिलाइएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]