• मंसिर २९, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार

alt

प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेलवेज अन्तरगत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेलवेजको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो ।

विराटनगर–इटहरी लिङ रेलवेज २०.१६ किलोमिटर हुनेछ । इनरुवा काकडभिट्टा रेलवेजको लम्बाई भने १०६.५९ किलोमिटर हुनेछ । जम्मा १२६. ७५ किलोमिटर रेलवेज निर्माण गर्दा ९० अर्ब दुई करोड, ८२ लाख ८६ हजार लागत अनुमान गरिएको छ ।

पूर्व पश्चिम रेलवेज निर्माण गर्दा ६ सय ३५. ७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । सो मध्ये ५ सय १२ हेक्टर खेती योग्य जमिन र १९.६० हेक्टर वन क्षेत्र पर्छ । त्यस्तै ३३ हेक्टर घनाबस्ती क्षेत्रमा पर्छ । विराटनगर इटहरी रेलवेज निर्माण गर्दा १९३ परिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।


प्रस्तावित पूर्व पश्चिम रेलवेजको इनरुवा काकरभिट्टा खण्डमा ३५७ घरधुरी प्रभावित हुनेछन् । २०० किलोमिटर प्रतिघण्टाको रेलवेज निर्माण गर्दा चारहजार परिवारको ५ सय १२.६९ हेक्टर जमिन अधिग्रहण हुनेछ ।

विद्युतिय रेलवेजको बातावरणीय प्रभाव मुल्याङक (इआइए) गरेका विज्ञ रिकेश चित्रकारका अनुसार इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलवेज पूर्व पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने उनले बताए ।

चित्रकारका अनुसार इनरुवादेखि काडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको छ । भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]