• मंसिर ३०, २०७६
  • जुनकिरी खबर

पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

alt

पत्रकार सन्तोष काफ्लेलाई आक्रमण गर्नेहरुलाई कानुनअनुसार कडा कारबाही गर्न माग गर्दै पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाएकोछ ।

पत्रकार महासंघ सुनसरीको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा ध्याकर्षण पत्र बुझाएको हो । पत्रकारहरुको टोलीले बिहान इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । पत्रमा पत्रकार काफ्लेमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न माग गरिएको छ भने काफ्लेलाई उपचार खर्चको व्यवस्था गर्न साथै क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि माग गरिएको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सम्बन्धित निकाय सबैबाट सृर्जना गर्न पनि माग गरिएको छ ।

इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाए पछि नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष किसोर कुमार कार्कीले भविष्यमा पत्रकारमाथि पुनः यस्तो घटना दोहोरिन नदिन अभियुक्तलाई अधिकतम कानुनी कारबाही हुनुपर्ने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]