• पुस २, २०७६
  • जुनकिरी खबर

विराटनगर एयरपोर्ट स्तरोन्नती गर्न बजेट विनियोजन

alt

विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन संघीय सरकारले बजेट विनियोजन गरेको छ । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले तत्काल एक करोड बजेट बिनियोजन गरेको हो ।

चालु आर्थिक वर्षभित्र खर्च गर्नु पर्ने भनी विनियोजन भएको बजेटबाट विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको अधिग्रहण गर्न नागरिक उड्यन कार्यालय विराटनगरलाई भनिएको छ ।

तर मास्टर प्लानबिना आएको न्यून बजेटले काम अघि बढाउन नसकिने नागरिक उड्डयन विराटनगर कार्यालयले जनाएको छ ।

विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मात्र ३ अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ । एक हजार पाँच सय मिटरमा रहेको विमानस्थलको लम्बाई एक हजार मिटर बढाउने गरी डीपीआर तयार भएको छ । थप विस्तारका लागि एकसय ५० विगाहा जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]