• पुस ३, २०७६
  • जुनकिरी खबर

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम प्रदान

alt

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी इटहरी साखाले बीमादाबी बापत दुई लाख पचास हजार भुक्तानी गरेको छ । कम्पनिले इटहरी ३ सुनौलो टोलमा बिमित सुसान राईको घरमै पुगेर मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी बीमितको प्रस्ताबक स्व. सानुमाया राईको श्रीमान लाल बहादुर राईलाइ दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स इटहरी एरिया ब्रान्च म्यानेजर राम बहादुर खत्री, इटहरी शाखा प्रमुख डिल्ली प्रसाद आचार्य धरान शाखा प्रमुख खगेन्द्र तोलांग, तरहरा शाखा प्रमुख सुजन श्रेष्ठ लगायत कम्पनीका एजेन्सी म्यानेजर्स हरुको बाक्लो उपस्थितिमा बीमितको माता प्रस्ताबक स्व. सानुमाया राईको श्रीमान लाल बहादुर राईलाइ चेक हस्तान्तरण गरियको हो ।

कार्यक्रमका प्रमुख अतिथि राम बहादुर खत्रीले जीवन बिमाको महत्व र आवस्यकताको बिषयमा प्रस्ट पार्दै बिमाको सिद्दान्त तथा मर्मानुसार करार बमोजिम कम्पनीले दायित्व र जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठुलो राहत पुर्याउने तथा बिमाबापत प्राप्त भुक्तानिले आश्रीत परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्यगर्न बिमाले महत्वपुर्ण भूमिका खेल्ने बिषयमा इटहरी शाखा प्रमुख डिल्ली आचार्यले प्रस्ट पार्नुभयो ।

सानो सानो रकम बचत गरेर परेको बेलामा जोखिम समेत बहन गर्न सक्ने हुदा बीमा सम्बन्धि चेतना वृद्धि गर्नुपर्ने धारणा धरान शाखा प्रमुख खगेन्द्र तोलांगले ब्यक्त गर्नुभयो । इटहरी ३ निवासी स्व. सानुमाया राईले सिटिजन बाल भबिस्य योजनामा आफ्नु छोरा सुसान राईको प्रस्ताबक आफै रहने गरी दुइलाखको १५ बर्से जीवनबीमा गरी पहिलो किस्ता बुझाएकि थिइन, उनीका एक छोरा र एक छोरी रहेका छन् ।

अब कम्पनीले बिमाअबधिभर बार्षिक प्रिमियममा छुट, मासिक रु दुइ हजार सुसान राइको खातामा जम्मा गरिदिनुका साथै बिमाअवधि समाप्ति पश्चात बिमाङ्क रकम र बोनस रकम समेत उपलब्ध गराउने छ ।सानुमाया राइको येही कार्तिक ७ गत्ते मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]