• असार १८, २०७६
  • जुनकिरी खबर

दलित किशोरीको बलात्कार

alt

झापा मेचीनगर–९ कि एक किशोरीले आफूलाई घर मालिकले ‘ब्ल्याकमेलिङ’ गर्दै पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छन् ।  मधेशी दलित (डोम) समुदायकी १७ वर्षीया किशोरीले विगत एक वर्षदेखि घर मालिक करिव ६० वर्षका विष्णु खड्काले बलात्कार गरेको र कसैलाई सुनाए ज्यान मार्ने धम्की दिएको बताइन् ।

किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

किशोरीकी आमाले छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको रहस्य गत असार २ गते मात्रै थाहा पाएको बताइन् । धुलावारीको आम्दा अस्पताल नजिकै खड्काले किशोरीलाई बलात्कार गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए ।
 
स्थानीय मेनुका दाहालले किशोरीलाई बेहोस अवस्थामा फेला पारेकी थिइन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]