• पुस ५, २०७६
  • जुनकिरी खबर

मोरङमा चार महिनामा १५५ सम्बन्ध विच्छेद

alt

जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार वर्ष ०७५/७६ मा २ सय २०, वर्ष ०७४/७५ मा १ सय ५२ र ०७३/७४ मा १ सय १६ वटा महिला हिंसाको उजुरी दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार जिल्लामा महिला हिंसाका घटनामा वृद्धि हुँदै गएको छ ।

गरिबी, जनचेतनाको कमी, बालविवाह, कलिलै उमेरमा अभिभावकको मञ्जुरी बेगर भागेर प्रेम विवाह गर्ने र एक/दुईवटा बच्चा जन्मेपछि एक आपसमा असमझदारीपछि महिलामाथिका हिंसा बढेको हो । मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले हालसम्म महिला हिंसासम्बन्धी जबरजस्ती करणी, मानव बेचबिखन जस्ता मुद्दामात्रै प्रहरीसम्म आउने गरेको बताए ।

‘महिलामाथि हुने घरेलु हिंसाका घटना प्रहरीसम्म आउनै सकेको छैन,’ उनले भने, ‘सामाजिक बन्धन, इज्जत जाने, थप हिंसामा पर्ने लगायतका डरले घरेलु हिंसामा परेका महिलाहरू उजुरी दिन आउने गरेका छैनन् ।’ महिलामाथि हुने घरेलु हिंसा अझै समाजमै मिलापत्र हुँदै आएको अबस्था छ ।

जिल्ला अदालत मोरङमा महिला हिंसासम्बन्धी चालु आर्थिक बर्षको चार महिनामा बहुविवाहको १८ मुद्दा दर्ता भएकोमा ४ वटा फैसला भएको छ । सम्बन्ध विच्छेदको ३ सय ३७ वटा मुद्दा दर्ता भएकोमा १ सय ५५ फैसला भएका छन् । घरेलु हिंसाका १८ वटा मुद्दा दर्ता भएकोमा एउटा फैसला भएको छ । मानव बेचबिखनका ५ वटा मुद्दा दर्ता भएकोमा एउटा फैसला भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]