• पुस ८, २०७६
  • जुनकिरी खबर

रुघाखोकी लाग्यो ? हङकङ फ्लू पनि हुनसक्छ !

alt

चिसो मौसमसँगै रुघाखोकीका बिरामीहरु बढेका छन्। रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरे स्वानफ्लु जस्ता घातक रोग देखिने चिकित्सकहरु बताउँछन्। केही वर्षयता जाडो मौसममा यस्तै प्रकृतिका रोग देखिने गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुनले जाडोमा देखिएको ज्वरो तथा रुघाखोकी मौसमी फ्लु मात्र नहुने बताएका छन्। जाडोमा कडा ज्वरो र लगातार रुघाखोकी लागेमा स्वाइन फ्लु वा हङकङ फ्लु हुन सक्ने उनको आशंका छ। उनले भने, ‘यो चिसो मौसममा लगातार ज्वरो र रुघाखोकी लागेमा मौसमी फ्लु मात्र हुदैन ।’

डाक्टर पुनका अनुसार विशेषगरी जाडो मौसममा स्वाइनफ्लु र हङकङ फ्लुको प्रकोप फैलिन्छ । नेपालमा पनि त्यसको आशंका गरिएकाले सजग हुन आग्रह गरिएको हो । अहिलेसम्म स्वाइफ्लु र हङकङ फ्लुका बिरामी भने अस्पताल नपुगेको उनले बताए । डाक्टर पुन भन्छन्, ‘ज्वरो र रुघाखोकी लगातार लागेमा विशेषगरी बालबालिका, वृद्ध वृद्ध र दीर्घरोग लागेकाहरु सजग हुनुपर्छ।

पुनका अनुसार कहिले स्वाइन फ्लु, हङकङ फ्लु, त कहिले बर्ड फ्लु भनेर चिन्ने रोग नै फ्लु हो। ‘फ्लु’ इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा प्रयोग गरिने शब्द हो। यो ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ प्रकारको हुन्छ। इन्फ्लुएन्जा ‘डी’ खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने ‘सी’ एकदम सामान्य हुने र महामारीको रुप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ। तर, ‘ए’ र ‘बी’ भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ। अमेरिकामा यसको सक्रियता डिसेम्बरदेखि मार्चसम्म हुने गर्छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]