• पुस ९, २०७६
  • जुनकिरी खबर

बीस लाख पर्यटक भित्र्याउने प्रदेश १ को लक्ष्य

alt

 प्रदेश १ मा पर्यटन वर्ष २०२० को सुभारम्भलाई भव्य बनाउने तयारी आयोजकले गरेको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले उद्धघाटनलाई भव्य बनाउन समिति र सबै उपसमिति लागेको बताएको छ । 

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्धघाटनका लागि समिति र सरकारले सबै तयारी भरपुर रुपमा गरेको र उद्धघाटनलाई विषेश बनाउने बताए । 'यो उद्धघाटन भव्य हुन्छ, त्यसपछि प्रत्येक दिन र महिना प्रदेशभर विभिन्न कार्यक्रम हुन्छ, पर्यटकको मनमा बस्ने कार्यक्रम र योजना हाम्रो छ,' मन्त्री कुसियतले भने ।

२०२० को पहिलो दिन विराटनगरस्थित सहिद रंगशालामा दश हजार प्रदेशबासीको उपस्थितिमा भ्रमण वर्षको विषेश उद्धघाटनको तयारी रहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताए । 'उद्धघाटन हेलिकप्टरबाट पुष्प वृष्टिसँगै ड्रोन, हेलिकप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर गर्ने तयारी छ, सेना र प्रहरीले झण्डा, भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन्, प्रदेश १ चिनाउने वृत्तचित्र र गीत पनि प्रस्तुत हुन्छ,' संयोजक अधिकारीले उद्धघाटनको खाका सुनाए। 

भ्रमण वर्षको उद्धघाटन कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्रालयमार्फत छिमेकी देश भारतका प्रदेश १ सँग जोडिएका प्रन्त प्रमुखसहित पर्यटन व्यवसायीलाई पनि निमन्त्रण गरिएको संयोजक अधिकारीको भनाई छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]