• पुस १२, २०७६
  • जुनकिरी खबर

सागमा पदक बिजेता खेलाडीलाई इटहरीमा सम्मान

alt

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दो खेल तर्फ स्वर्ण तथा रजत पदक बिजेता खेलाडीलाइ सम्मान गरिएको छ ।

खेलाडीहरू शुसिला राई र अप्सरा कार्की लाई शनिवार इटहरीमा सम्मान गरिएको हो । नागरिक समाज इटहरीले खेलाडीहरू इटहरीको गहना भएको भन्दौ नागरिक स्तरबाट कार्यक्रम गरि सम्मान गरेको हो ।

खेलको माध्ययमबाट बिश्व सामु नेपाललाई चिनाउन सफल भएकोमा इटहरीबासि गौरावाम्बीत भएको कारण यो सम्मान कार्यक्रमको आयोजना गरिएको नागरिर समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले बाताए ।

दक्षिण एशियाली खेलकुदमा तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता शुसीला राई र रजत पदक बिजेता अप्सरा कार्कीले इटहरीको एउटा इतिहास थपेको भन्दै सजिसजावट गाडिमा पञ्चेबाजान सहित नगर परिक्रमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश एक सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले प्रदेश एकले खेलकुद नियम पनि बनाई सकेको कारण खेलको माध्यमबाट पनि प्रदेशको बिकास गर्न सक्ने अवस्था रहेको र खेलको माध्यमबाट अगाडि बढने हो भने नेपाल खेलाडीको देश बन्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान हुने बताए ।

खेलाडी संगै प्रशिक्षक कुमार गुरुंग र फडिन्द्र खड्कालाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]