• पुस १८, २०७६
  • जुनकिरी खबर

इटहरीमा मोटरसाईकलमा पेस्तोल सहित हिड्ने दुईजना पक्राउ

alt

इलाका प्रहरी कार्यालय इटहरीले पेस्तोल सहित दुई जना पक्राउ गरेको छ । सवारी चेक जाँच गर्ने क्रममा प्रहरीले मोटर साईकलमा पेस्तोल सहित हिडिरहेका दुई जना लाई पक्राउ गरेको हो ।

सुन्दरहरैचा ४ वस्ने वर्ष ३३ को जागिर खान र सुनसरी हरीनगरा गाउपालिका वडा न ७ वस्ने वर्ष ४७ को जमिल अंसारी लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत मान प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

उनले बिहान ईटहरी उपमहानगरपालीका वडा न. ८ कदमा टोलमा चेकजाच गर्ने क्रममा २ जना सवार भई आई रहेको को.९ प.७४८६ मोटर साईकलमा रहेका दुईको संखास्पद गतीबिधि लागे पछि ईटहरी बाट खटिएको प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिई खान तलासी गर्दा फलामले बनेको स्वचालीत पेस्तोल फेला परेको बताएका छन् ।

प्रहरीले जागिर खानको दाहिने पट्टिको कम्मरको भागको पेटीले वाधेको अवस्थामा फलामले वनेको कम्पनीको नाम नम्वर नभएको म्याजिन जडान गरेको स्वचालित पेस्तोल थान १ र सोही पेस्तोलमा लाग्ने ५ थान गोली समेत लोड गरेको म्याग्जिन  १ थान वरामद गरीएको जनाएको छ । प्रहरीले दुबै लाई नियन्त्रणमा लिई थप अनुसन्धन भईरहेको बताएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]