• पुस १९, २०७६
  • जुनकिरी खबर

धरानबाट ३१ सडक बालबालिकाको उद्धार

alt

सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ ।

घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो ।

सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियानअन्र्तगत् ३१ बालबालिकाको उद्धार गरिएको हो ।

सडक बालबालिकाको उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सचिव चन्द्र घिमिरेसहित बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो ।

बालबालिका उद्धार गर्न आएको मन्त्री गुरुङसहितको टोलीले सुरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितका जनप्रतिनिधिहरुसँग छलफल गरी भानुचोकको सडकमा बसेका बालबालिका र अशक्त व्यक्तिहरुलाई भेला गरी उद्धार गरेको हो ।

धरानबाट उद्धार गरिएका ३१ बालबालिकालाई इटहरीस्थित सेभ द चिल्ड्रेन हाउसमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिए ।

सडकबाट उद्धार गरिएका बालबालिकालाई केही दिन इटहरीमै राखेर ‘काउन्सिलिङ’ गरी काठमाडौं लगेर सुधारगृहमा राखी उनीहरु पूर्णरुपमा ठीक भइसकेपछि परिवारको जिम्मा लगाइने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]