• पुस २०, २०७६
  • जुनकिरी खबर

‘सेटिङ’ मिलाएर ३८ दिनपछि सिद्धबाबा आश्रममा

alt

बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। 

अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै उनी उपचारका लागि  विराट नर्सिङ होममा भर्ना भएका थिए। 

बलात्कार आरोप लागेपछि मंसिर १२ गतेबाट उनको अस्पताल बसाई सुरु भएको थियो। धरौटीमा छाड्ने अदालतबाट आदेश आएको एक सातापछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो। 

उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार सुरु गरेका थिए। गिरीले कृष्णबहादुर खतरामुक्त नरहेका कारण लामो समय चिकित्सकको निगरानीमा अस्पतालमै राखेर उपचार गर्नु परेको दाबी गरेका छन्। उनले अदालतमा पनि यही कुरा लेखेर पठाइदिएको बताए। उपचार प्रक्रिया पूरा भएर स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई आइतबार भने डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]