• पुस २०, २०७६
  • जुनकिरी खबर

सुनसरी र मोरङका उखु किसान पलायन हुदै

alt

उख पीडित किसनाहरु आन्दोलित भइरहको वेला सुनसरी र मोरङका उखु किसानहरु पलायन हुने अवस्थामा पुगेका छन् ।
सरकारले दिने अनुदान रकमबाट किसानहरु बञ्चित भएपछि किसानहरुको अवस्था अहिले दहनीय वन्न थालेको हो । नयाँ उखुको कटान सुरु भएको ततर पनि किसानहरुे भने अघिल्लो वर्षकै अनुदान पाएका छैनन् ।उखु किसानलाई गत वर्ष सरकारले प्रतिक्वीन्टल ६५।२८ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । तर सुनसरी मोरङका किसानले ४४।८७ रुपैयाँ मात्र अनुदान पाए । सरकारबाट २० रुपैयाँ ४१ पैसा अझै पाएका छैनन् । ‘सरकारले दिने भनेको अनुदानको एक किस्ता छठ पछि पायौं,उखु किसान सत्यजीवन चौधरी भन्छन्,‘यो वर्ष मिलले समयमा नै पैसा दियो । तर सरकाले दिने भनेको अनुदान अझै बाँकी छ ।’

उखु किसानका लागि सरकारले चाडवाड सकिएपछि ४४ रुपैयाँका दरले रकम पठाएको थियो । तर उखु काट्नका लागि नयाँ पूर्जी जारी भएपनि सरकारले दिने अनुदान नपाएको विराटनगर–६ का उखु किसान भागवत चौधरी बताउँछन् ।सर्लाही र महोत्तरीका उखु किसान एक वर्षसम्म उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्दै काठमाडौं पुगे । किसानको आन्दोलनपछि सरकारले मिल सञ्चालकलाई तत्काल भुक्तानी दिन निर्देशन दियो ।

मोरङ सुनसरीका उखु किसानले सरकारले दिने भनेको अनुदान नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]