• पुस २१, २०७६
  • जुनकिरी खबर

लुक्ला र फाप्लु विमानस्थलमा हवाई सेवा ठप्प

alt

हिमपातसँगै मौसम प्रतिकूल हुँदा हवाई सेवा समेत अबरुद्ध बनेको छ। आइतबार जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा  कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयान प्राधिकरण फाप्लुले जनाएको छ। बिहान सवा ९ बजे काठमाडौं फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको बिमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन: काठमाडौैं नै फर्केको नागरिक उड्डायन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।

हवाई सेवा अबरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार संभव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ।  निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा-जन्तरधाप-सल्लेरी-फाप्लु सडक खण्ड भने आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन: अबरुद्ध बनेको थियो। शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुंगा र सोलुदुधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएका थिए।

साँझ करिब ५ बजेतिर १५ वटा जति जीप ओहोर-दोहोर गरेपछि पुन: हिमपात हुँदा अबरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]