• पुस २१, २०७६
  • जुनकिरी खबर

पथरी प्रहरीले १२ जना फरार अभियुक्त पक्राउ

alt

मोरङको इलाका प्रहरी कार्यालय पथरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरी एकै पटक अदालतमा बुझाएको छ । विभिन्न अपराधिक घटनामा अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाए पनि फरार रहेकालाई पक्राउ गरेको हो।तीन दिनको अवधिमा १२ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी ज्यान, चोरी, लागुऔषधसमेतका मुद्दामा फरार रहेकालाई पक्राउ गरिएको हो । मोरङकै पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका घर भएका सबैजनालाई शनिबार राति पक्राउ गरिएको गिरीको भनाइ छ। 

पक्राउ पर्नेमा बहुविवाह मुद्दामा फरार रहेका पथरीशनिश्चरे ८ का ४५ वर्षीय चन्द्रबहादुर लुइँटेल, पथरीशनिश्चरे १० का ३५ वर्षीय बालकृष्ण श्रेष्ठ, ३० वर्षीय अर्जुन राई, ३२ वर्षीय नरमाया तामाङ, लागुऔषध मुद्दाका पथरीशनिश्चरे ८ का ६० वर्षीय लालबहादुर राई र पथरीशनिश्चरे ६ का ३५ वर्षीय बज्रमोहन यादव रहेका छन् । 

त्यस्तै, सवारी ज्यान मुद्दाका पथरीशनिश्चरे ६ का ३४ वर्षीय बले मुसहर, ५० वर्षीय गोपाल लुइँटेल, ४४ वर्षीय राजकुमार धिमाल, पथरीशनिश्चरे ८ का ४५ वर्षीय सोभित भुजेल, कानेपोखरी २ का ३५ वर्षीय फणिन्द्रबहादुर लिम्बू र चोरी मुद्धामा फरार पथरीशनिश्चरे ५ की ५५ वर्षीय मीना खड्कालाई पनि पक्राउ गरिएको डीएपपी गिरीले बताए । 

जिल्ला अदालत मोरङले चन्द्रबहादुरलाई २०७५ साल माघ २ गते एक वर्ष कैद र १० हजार जरिवाना, बालकृष्णलाई २०७५ जेठ ३१ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना, अर्जुन र उनकी कान्छी श्रीमती नरमायालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । गत जेठ १४ गते लालबहादुरलाई १० महिना कैद र बज्रमोहनलाई छ महिना कैद तथा दुई हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]