• पुस २२, २०७६
  • जुनकिरी खबर

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले लगाए ताला

alt

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले आफ्नो स्वीकृतिबिना इन्जिनियरिङका विभिन्न विषयमा पठन पाठन गराएको भन्दै दर्ता गर्न नमानेपछि विरोधस्वरुप विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले क्याम्पसको मुख्य प्रवेशद्धारमै तालाबन्दी गरेकाले शिक्षक र कर्मचारी सवै बाहिर छन्। क्याम्पसको पठन पाठन ठप्प छ।

त्रिभुवन विश्वविद्यालयले नै इन्जिनियरिङ विषयहरु पठन पाठनका लागि स्वीकृत दिएको सरकारी आंगिक क्याम्पसबाट पास आउट भएका विद्यार्थीले काउन्सिलबाट लाइसेन्स वा जागिरका लागि दर्ता नम्बर नपाउने अवस्था आएपछि विद्यार्थीले तालाबन्दी गरेका हुन्।

चार बर्ष लगाएर इन्जिनियरिङ पढेर पास आउट भएपनि काउन्सिलमा दर्ता नहुँदा सरकारी वा कुनै पनि निजी कम्पनीमा जागिर नपाउने अवस्था आएको विद्यार्थीहरुको गुनासो छ। यस्तो अवस्थामा इन्जिनियरिङ क्याम्पसले दिएको प्रमाणपत्र कागजको खोस्टा सावित भएकाले आफुहरु आन्दोलित भएको इलेक्ट्रिकल इन्जिनियरिङ समाजका अध्यक्ष नेत्रप्रकाश अर्यालले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]