• पुस २९, २०७६
  • जुनकिरी खबर

बुधबारदेखि इटहरीमा क्यान इनफोटेक मेला

alt

सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिन लागेको क्यान इनफोटेक मेलाको तयारी पुरा भएको छ ।

आमागी माघ १ गते देखि पाँच दिन सम्म सञ्चालन हुने क्यान इनफोटेक मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेला सञ्चालन गरिने जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा सम्पुर्ण तयारी पुरा भएको कम्प्युटर एसोसियन नेपाल महासंघ सुनसरीका अध्यक्ष विशाल बास्तोलाले जानकारी दिए ।

सुचना र प्रविधिका साथै आईसीटीका क्षेत्रमा भईरहेको विकासलाई समेटने गरी आयोजना गरिने मेलामा ८०स्टल रहने जनाइएको छ । मेलामा रोवट प्रतियोगिता समेत आयोजना गरिने भएको छ । पाँच दिन सम्म चल्ने क्यान इफोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको बिभिन्न उच्च प्रविधिका सामग्रीहरु समेत राखिने जानकारी गरायो ।

कम्प्युटर एक्सेसरिज, एन्टि भाइरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्श्निका साथै विक्री गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठ , प्रदेस अध्यक्ष भवकृष्ण तिमलसेना कार्यक्रम संयोजक खड्ग ओझा, सचिव टिकाराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]