• असार २०, २०७६
  • जुनकिरी खबर

मोटरसाइकल चोरीमा संलग्न सात पक्राउ

alt

 प्रहरीले जिल्लामा संगठित भएर मोटरसाइकल चोरी गर्दै आएका ७ अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुको साथबाट १८ वटा चोरीका मोटरसाइकल समेत बरामद गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न सात अभियुक्त सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा गौरादह–२ का एलक्स भनिने विजय चौधरी, बाह्रदशी–६ का नगेन्द्र चौधरी, गौरादह–८ का रोविन राजवंशी, बाह्रदशी–७ का विनोद मुर्मु, कमल गाउँपालिका–१ का विष्णु चौधरी, शिवसताक्षी–१ का प्रेमबहादुर रिमाल, शिवसताक्षी–५ का रमेशकुमार ताजपुरिया रहेका छन् ।

पछिल्लो समय झापामा मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालयले चलाएको बिषेश अप्रेशन अन्तर्गत झापाका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न अभियुक्त र लुकाईछिपाई राखेको अवस्थामा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]