• माघ १, २०७६
  • जुनकिरी खबर

पाँच दिने क्यान इन्फोटेक मेला इटहरीमा सुरु

alt

सुनसरीको इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु भएको छ ।

सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजित मेलाको उद्घाटन प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका हुन् ।

बुधबार मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री कार्कीले सुचना प्रविधिका विषय विद्यालय तहमा मात्र नभएर बाहिर पनि उच्च प्रविधि पुर्याउने योजनामा रहेको बताए ।

मन्त्री कार्कीले प्रदेश १ कै विकसित शहरका रुपमा रहेको इटहरीमा सुचना प्रविधि सम्बन्धी ठूलो प्रदर्शनी कक्ष बनाउन समेत प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा सुचना प्रविधिका विषयमा प्रदेस सभा सदस्य लिलम बस्नेत, सर्वध्वज साँवा, उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतले शुभकामना प्रदान गरेका थिए ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान प्रदेश नम्बर १ को संयोजनमा पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको विभिन्न उच्च प्रविधिका सामग्रीहरुका स्टल रहेका छन् ।

मेलामा खरीदकर्ताले विशेष छुटमा सामनहरु किन्न पाउनेछन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]