• माघ २, २०७६
  • जुनकिरी खबर

प्रदेशको नामकरण गर्न प्रदेश १ सरकारलाई दबाब बढ्यो

alt

चारवटा प्रदेशले नामकरण टुंगो लगाइसक्दा प्रदेश १ लाई पनि दबाब परेको छ । तर नाम के राख्ने भन्नेमा सत्तारूढ दलकै प्रदेशसभा सदस्य विभाजित देखिएका छन् ।

मुख्यमन्त्री शेरधन राई आफैं प्रदेशको नाममा ‘किराँत’ जोडिनुपर्ने पक्षमा उभिएको स्रोतले दाबी गरेको छ । तत्कालीन माओवादीतर्फका सांसदहरू पहिचानसहितको र एमालेतर्फका सांसदहरू पहिचानबिनाको नाम राख्ने गरी दुई ध्रुवमा बाँडिएका हुन् ।

तर नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम र राजधानीबारे गरेको निर्णयले झस्किएका उनीहरू प्रदेशसभाको अधिकारमा पार्टीले हस्तक्षेप नगरिदियोस् भन्ने चाहन्छन् । त्यसैले पनि अब सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रदेशको नामकरण प्रस्ताव ल्याउनुपर्ने सांसदहरू बताउन थालेका छन् । यसअघि मुख्यमन्त्री राईका साथै प्रदेशका चारै मन्त्रीले शपथ ग्रहणदेखि नै प्रत्येक औपचारिक कार्यक्रममा प्रदेशको नामकरण तत्काल गर्ने उद्घोष गर्दै आएका छन् । तर प्रदेशसभा गठनको दुई वर्ष बित्न लाग्दा पनि नाम जुराउन सकेका छैनन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]