• माघ २, २०७६
  • जुनकिरी खबर

स्थानीयले कब्जा गरे ट्र्याक्टर

alt

नदीजन्य वस्तु उत्खननमा प्रतिबन्धित झापा–इलाम सीमाको चुरे क्षेत्रमा तीव्र रूपमा दोहन भइरहेको छ । दोहन धेरै भएपछि इलामको रोङ गाउँपालिकावासीले सोमबार झापातर्फ बग्ने सिद्धि नहरको पानी बन्द गरिदिए । चुरे क्षेत्रको ढुंगा उठाउँदै गरेका चारवटा ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा लिए ।

गत मंगलबार रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोको नेतृत्वमा स्थानीयले ट्याक्टरनियन्त्रणमा लिई सलकपुर प्रहरीचौकीमा बुझाइएका थिए । ढुंगा उठाउने ट्याक्टरका धनीलाई गाउँपालिकाले प्रतिट्याक्टर १० हजार जरिवाना तोकेको छ । ‘उत्खनन गर्नै नमिल्ने क्षेत्रबाट ढुंगा तस्करी भइरहेको थाहा पाएपछि स्थानीयले विरोधमा नहरको पानी बन्द गरेका हुन्,’ वडाध्यक्ष स्याङ्बोले भने ।

दुवै जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सिंचाइ उपभोक्ताको रोहबरमा सम्झौता भए मात्रै नहर सञ्चालन गरिने स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]