• माघ ३, २०७६
  • जुनकिरी खबर

इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदा सेवाग्रहीहरु मर्कामा

alt

विभिन्न कारण देखाउँदै इटहरी उपमहानगरपालिकाका इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदा सेवाग्रहीलाई मर्का परेको छ ।

एकपछि अर्को गर्दै इञ्जिनियरहरुले राजीनामा दिएपछि सेवाग्राही मारमा परेका हुन् । एक हप्ताअगाडी इटहरी उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिए । उपमेयर लक्ष्मी गौतमले आफुलाई बारम्बार फोन र म्यासेजमा धम्की दिएकाले आफूले काम गर्न नसक्ने अवस्था नभएको भन्दै उनले सामाजिक सञ्जालमै राजीनामा पत्र लेखेर राजीनामा दिएका हुन् ।

आफ्नो कार्य सम्पादनको विषयमा बारम्बार असन्तृष्टि राखेको र जति सम्झाउँदा पनि नभएकाले राजीनामा दिन बाध्य भएको उनको भनाई छ । अर्जुन दाहालले आफूले गरेको काम उपप्रमुखलाई मन नपरेपछि राजीनामा बुझाएको बताएका छन् । तर उपप्रमुखलाई आरोप लगाउँदै दिएको निवेदन दर्ता नभएपछि पुनः राजीनामा पत्र उपमहानगरमा दर्ता गराएका हुन् ।

यता विहीबार इटहरी उपमहानगरपालिका घर नक्स शाखाका प्रमुख यञ्जिनियर विकास भट्टराईले पनि प्रमुख प्रशासकिय अधिकृतमार्फत् मौखिक र लिखित राजीनामा बुझाएका थिए । घरायसी काम देखाउँदै उनले राजीनामा दिएको उपमहानगरपालिकाका एक कर्मचारीले बताए । उपमहानगरपालिकामा कर्मचारीहरुलाई असहज एवम् नातागोता र पार्टी हाबी भएको भन्दै राजीनामा दिएको कर्मचारी स्रोत बताउँछ । -ब्लाष्ट टाइम्सबाट

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]