• माघ ३, २०७६
  • जुनकिरी खबर

सुन्दरहरैचा नगरपालिकाद्वारा कृषकलाई ७४ थान कृषि सामाग्री वितरण

alt

मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर भित्र रहेका विभिन्न वडामा रहेका कृषकहरुलाई कृषि उत्पादनमा लाग्ने कृषि यन्त्र तथा उपकरण सामाग्री वितरण गरेको छ । नगरले विभिन्न वडामा बसेर सामुहिक कृषि फर्म सञ्चालन गरी तथा व्यक्तिगत कृषि पेशामा लागि व्यवसायिक कृषकहरुलाई ७४ थान विभिन्न कृषि सामाग्रीहरु वितरण गरेको हो । शुक्रबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा कृषकहरुलाई विभिन्न कृषि उपज सामाग्रीहरु वितरण गरेको हो ।

नगरले वितरण गरेको सामाग्री ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान गरि ७४ थान कृषि सामाग्री वितरण गरेको हो । नगरले उक्त सामाग्रीहरु कृषकसग ५०/५० गरेर लागत साझेदारी गरि वितरण गरेको थियो । उक्त सामग्री वितरण गर्नु पुर्व नगरले केही महिना अगाडि कृषकहरुसग माग आवेदन फारम भरेको र माग फारम बमोजिम नै कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]