• माघ ६, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

alt

प्रदेश १ को लोकसेवा आयोगको अध्यक्षमा उत्तम भट्टराईको नाम सिफारिस भएको छ । प्रदेश सरकार विस्तार गरेको २४ घण्टा बित्न नपाउँदै मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा रहेको सिफारिस समितिले अध्यक्षमा भट्टराईलाई सिफारिस गरेको हो ।

सोमबार बसेको समितिको बैठकले समितिको सदस्यमा पूर्वउपसचिव टिकादत्त राई र महिलातर्फबाट सजना दाहाल (सीमा आभास)को नाम सिफारिस गरेको छ ।

६१ वर्षीय भट्टराई नेपाल सरकारका पूर्व कृषि सचिव हुन् । उनले २०७३ सालमा अवकास पाएका थिए ।  ५७ वर्षीय राई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत थिए । सदस्यमा नियुक्ति हुने भएपछि उनले आइतबार नै राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएकी दाहाल साहित्यकार हुन् । उनी प्राध्यापन पेसामा आवद्ध छन् ।

आयोगको पदाधिकारी बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिको बेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ ।

लोकसेवा पदाधिकारीको कार्यकाल ६ वर्षको हुनेछ । उमेरहदका कारण अध्यक्ष भट्टराईले ४ वर्षमात्र काम गर्न पाउनेछन् ।

टिकादत्त राई कर्मचारी समायोजनमा प्रदेश रोज्ने उपसचिव हुन् । उनीसँगै भीम गौतमले कर्मचारी समायोजनका क्रममा प्रदेश एक रोजेका थिए ।

आयोगका पदाधिकारीलाई प्रदेश प्रमुखले नियुक्त गरेपछि उच्च अदालतका मुख्य न्यायाधीशले सपथ ग्रहण गराउनुपर्ने प्रावधान छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]