• माघ ७, २०७६
  • जुनकिरी खबर

नेकपा सुनसरीको जिम्मेवारी बाँडफाँड, यस्तो छ नयाँ जिम्मेवारी

alt

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरणको लामो समयपछि सुनसरी जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँडसहित कार्य विभाजन गरेको छ ।

बैठकले ४५ सदस्यीय सचिवालय गठन गरेको छ भने जिल्लाको १२ वटै स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ । साथै, विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको नेकपा जिल्ला सचिव रमेशकुमार बस्नेतले जानकारी दिए । सचिव बस्नेतका अनुसार कुल सचिवालय ५६ सदस्यीय रहनेछ ।

त्यसमध्ये बैठकले ४५ सदस्यीय सचिवालय छनौट गरेको छ भने ११ सदस्य पछि थप गरिनेछ ।

यस्तै, बैठकले २ उपमहानगरसहित ६ वटा नगर र ६ गाउँपालिकासहित कुल १२ स्थानीयतहको इञ्चार्ज र सहइञ्चार्ज पनि तोकेको छ ।

नेकपाका अनुसार बैठकलले धरान उपमहानगरको इञ्चार्जमा फोक्वाहाङ सुब्बा(चोत्लुङ) र सह–इञ्चार्जमा पदम इस्पो तोकेको छ भने इटहरी उपमहानगरको इञ्चार्जमा राजकुमार गिरी र सह–इञ्चार्जमा भिम सुवेदी तोकिएको छ ।

यस्तै, इनरुवा नगरपालिकाको इञ्चार्जमा गोपी ढकाल र सह–इञ्चार्जमा ओमकार दाहाल तोकिएको छ भने रामधुनी नगरपालिकाको इञ्चार्जमा श्यामनारायण राजधामी र सह–इञ्चार्जमा दिनेश चौधरी तोकिएको छ ।

दुहबी नगरपालिकाको इञ्चार्जमा राजेन्द्र चौधरी र सह–इञ्चार्जमा रोशन शर्मा तोकिएको छ भने बराहक्षेत्र नगरपालिकाको इञ्चार्जमा केशव तिम्सिना र सह–इञ्चार्जमा पुष्प ढुंगाना तोकिएका छन ।

यसैगरी कोशी गाउँपालिका इञ्चार्जमा मञ्टु यादव र सह–इञ्चार्जमा रामचन्द्र मटियत, हरिनगर गाउँपालिकाको इञ्चार्जमा दिलु मियाँ, देवानगञ्ज गाउँपालिकाको इञ्चार्जमा जमुना मेहता र सह–इञ्चार्जमा श्यामदेव साह, गढी गाउँपालिकाको इञ्चार्जमा आशनारायण चौधरी र सह–इञ्चार्जमा अनुष्ठ दाहाल, बर्जु गाउँपालिकाको इञ्चार्ज देवी रिजाल र सह–इञ्चार्जमा जगत भट्टराई तोकिएका छन ।

यस्तै, बैठकले विभिन्न २९ वटा विभागको जिम्मेवारी पनि तोकिएको सचिव बस्नेतले जानकारी दिए ।

उनका अनुसार अर्थ योजना विभाग प्रमुखमा जयकुमार राई, संगठन विभाग प्रमुखमा नन्द बस्नेत, स्कुल विभाग प्रमुखमा चोत्लुङ, प्रचार विभाग प्रमुखमा राजन केडी, पर्यटन विभाग प्रमुखमा मुरारी सुवेदी तोकिएका छन् ।

बैठकमा नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भिम आचार्य, प्रदेश सह–इञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राई, जिल्ला इञ्चार्ज, सहइञ्चार्जहरु, जिल्लामा रहेका केन्द्रीय सदस्य, जिल्लाका प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]