• माघ ७, २०७६
  • जुनकिरी खबर

अपाङगता भएका व्यक्तिहरुलाई फाइबरको सिरक र टोपी

alt

सुनसरीको लौकहीमा पूर्ण र अति अशक्त अपाङगता भएका १ सय बढी व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिएको छ ।
सामाजिक अभियन्ता दिनेशकुमार लम्सालले आफु तथा दाताहरुबाट जुटाएको सहयोग औपचारिक कार्यक्रमका बिच पूर्ण र अति अशक्त अपाङगता भएका व्यक्तिहरुकालागि प्रदान गरिएको हो ।

इलाका प्रहरी कार्यालय लौकहीको आयोजना र वर्णमाला दैनिकसँगको समन्वयमा आयोजित कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुलाई गाउँपालिका अध्यक्षहरु ऐयुब अन्सारी, महेन्द्र यादव सहित सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल र ट्राफिक प्रहरी प्रमुख भीम दाहालले फाइबरको सिरक र न्यायो टोपी वितरण गरेका हुन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमसँग जोडेर टोपी र फाइबरको सिरक वितरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक इलाका प्रहरी कार्यालय लौकहीका इन्चार्ज शिव शर्माले जानकारी दिए ।
सामाजिक अभियन्ता लम्सालले यसअघि इनरुवामा रहेका १ सय ६५ जना अपाङगता भएका व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिसकेका छन् । लम्सालले सामुदायिक विद्यालयमा पुगेर विपन्न समूदायका बालबालिकाहरुकालागि न्यायो टोपी लगाईदिने कार्यक्रमलाई समेत निरन्तरता दिईरहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]