• माघ ८, २०७६
  • जुनकिरी खबर

हिसान स्पोर्टस मिटको उपाधि बिश्वआदर्श र कस्तुरी कलेजलाई

alt

हिसान सुनसरीको स्पोर्टस मिटमा अन्तर्गत बुधबार हाजिरीजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा बिश्वआदर्श कलेज इटहरी प्रथम भएको छ । महेन्द्र मेमोरियल स्कूल दुहबी द्धितीय हुदा सिबी कलेज इटहरी तेसा्रे भएको छ । यस्तै मंगलबार नै सम्पन्न बक्तृत्वकला प्रतियोगितामा कस्तुरी माबिका सुरेन्द्र भण्डारी प्रथम, एम्स कलेजका प्रिजा राई द्धितीय र धरान आदर्शका रितिक दास तृतीय भएका छन ।

बुधबार बास्केटबलका सेमिफाइनल खेलहरु पनि सम्पन्न भएका छन । फाइनल खेल बिहिबार बिहान हुने बताइएको छ ।

क्रिकेट तर्फ पनि समुह चरणका सबै खेल सकिएका छन । बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल माबिले डिपोट स्कूललाई २३ रनले पराजित गरेको छ ।

यस्तै दोसा्रे खेलमा कस्तुरी कलेजले कोशी सेन्टजेम्सलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलहरु भोलि सम्पन्न हुने बताइएको छ । यस्तै फूटबलमा बिजयी हुदै महेन्द्र मेमोरियल, डिपोट माबि, कोशी सेन्टजेम्स र एम्स कलेज सेमिफाइनल प्रवेश गरेका छन ।

एक सातासम्म चल्ले स्पोर्ट मिटमा यसवर्ष फुटबल (छात्र), भलिबल(छात्र÷छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र÷छात्रा), टेबल टेनिस (छात्र÷छात्रा), ब्याडमिन्टन (छात्र÷छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य लगायत ११ विधा र १५ इभेन्ट्स संचालन हुने छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ ।

माघ ११ गते विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]