• माघ ९, २०७६
  • जुनकिरी खबर

सुनसरीमा राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु

alt

राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सुनसरीमा जिल्ला स्तरीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला तथ्याङ्क कार्यालय सुनसरीले जिल्लाका सरोकारवालाहरुको भेला डाकी जनगणनाको तयारीका बारेमा जानकारी गराएको हो ।कार्यक्रममा दिइएको जानकारी अनुसार २०७८ को जनगणना २०६८ को भन्दा पूर्ण हुनेछ । एकमात्र लागत फारम प्रयोगमा ल्याइने भएकाले समेत अपनाउन लागिएको बहुमोडल प्रकृया चुस्त र प्रभावकारी हुने विश्वास लिइएको छ ।

जिल्ला तथ्याङक अधिकृत सुवास अधिकारीका अनुसार यस पटकको राष्ट्रिय जनगणनाले पूर्ण विवरण संकलन गर्ने छ । सहज पहुँचलाई मध्यनजर गर्दै तथ्याङक व्यवस्थापनको कार्य प्रविधिमैत्री बनाइने हुँदा सम्पूर्ण नतिजा स्थानीय तहसम्म निकाल्न सकिने उनले कार्यक्रममा जानकारी गराए ।

कार्यालय स्थापना देखि कर्मचारी व्यवस्थापन, जनशक्ति परिचालनका अलावा प्रचारप्रसार सहित राष्ट्रिय जनगणनालाई विश्वसनीय र सफल बनाउन सरोकारवालाहरुको भुमिकाको विषयमा समेत कार्यक्रममा छलफल चलाइएको थियो । राष्ट्रिय जनगणनालाई सफल बनाउन सरोकारवाला सबैको साथ र सहयोग जुटाउने उद्देश्यसाथ जिल्ला स्तरीय छलफल कार्यक्रमको आयोजना गरिएको तथ्याङक कार्यालय सुनसरीका सुपरीवेक्षक पुष्कर प्रसाद गुरागाईले बताए ।उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, जिसस सुनसरी उपप्रमुख कृष्णकुमारी विक, प्रहरी प्रमुख यज्ञविनोद पोखरेल सहित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]