• माघ ९, २०७६
  • जुनकिरी खबर

३० वर्षपछि इटहरीमा : दमनको राप

alt

नाटक ‘दमनको राप’ ३० वर्षपछि इटहरीमा रहेको म्याट्रिक्सको सभाहलमा संञ्चालन भई रहेको छ । आन्दोलनका समयमा तत्कालिन अवस्थामा आन्दोलन दवाउन पञ्चायती शासकहरुले गरेका दमनलाई आधार बनाएर पत्रकार तथा लेखक गोपाल देवानले लेखेको नाटक २०५२सालपछि इटहरीमा प्रदर्शन हुदै आएको हो ।

१ गतेदेखि शुरु भएको नाटकले बिहिबारसम्म ६ वटा शो सम्पन्न गरिसकेको छ । ६ वटा शोमा करिब हजार बढीले नाटकको अवलोकन गरेका छन् ।

इटहरीको म्याट्रिक्समा कलाकार विक्रम श्रीको निर्देशनमा मञ्चन भई रहेको छ ।

आन्दोलनको समयमा भएका घटनाक्रमहरुलाई जीवन्त रुपमा कलाकारहरुले अभिनय गरेको नाटय हेर्न विभिन्न पेशा व्यवसायका मानिसहरु आएर आफुुहरुलाई उत्साहित बनाएको निर्देशक विक्रम श्री बताउछन ।
लामो समय पछि पुनः मञ्चन गरिएको नाटक हेर्न आउने दर्शकहरुका कारण साथै केही वर्ष यता देखि कलालय लगायतले नाट्य क्षेत्रका गर्दै पुर््याउदै आएको योगदानका कारण पुर्वमा पुनः नाटक प्रति युवा पुस्ताको आकर्षण बढ्न थालेको समेत नाटकका निर्देशक विक्रम श्रीले जानकारी दिए ।

नाटक शुक्रबार, शनिबार र आइतबारसम्मको लागि रेष्ट गरिएको जानकारी दिदै उनले सोमबारबाट पूंन नाटक प्रस्तुत हुने बताए । मंगलबारको दिन भने प्रदेश सासंद तथा मन्त्रीहरुको लागि बिशेष शो राखिएको श्रीले जानकारी दिए ।

दमनको रापमा आइ पी भट्टराई , दिपेन्द्रसिंह दर्नाल, कृष्ण तिम्सिना, अशेष तिम्सिना , नमिता चोगंवागं, मौषमी कार्की, शान्तिराम राई , कमानसिहं याम्फु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]