• माघ ११, २०७६
  • जुनकिरी खबर

धरानको सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा आउने

alt

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा पनि सरकारको नाममा आउने भएको छ। मन्त्रिपरिषद्को बैठकले सोमबार गरेको उक्त निर्णयलाई धरानवासीले स्वागत गरेका छन्। उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत धरानवासीका जोड छ।

धरानको खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधारबाट मानव बस्ती हटाएर सरकारले सट्टाभर्ना दिए पनि तत्कालीन कर्मचारीहरूले लगतकट्टा नगर्दा जलाधारको सयौं बिघा जग्गा व्यक्तिकै नाममा थियो। यो सुइँको पाएपछि भूमाफियाहरूले कर्मचारी, राजनीतिकर्मीसँग सेटिङ मिलाएर जलाधारको जग्गा किनबेच गरिरहेका थिए।

‘आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र किर्ते, ठगी गर्नेहरूलाई कारबाही गर्ने पनि निर्णय भएछ। यो ज्यादै सकारात्मक र स्वागतयोग्य कुरा हो,’ जलाधार संरक्षणमा निरन्तर लागिपरेको जनसरोकार मञ्च नेपालकी उपाध्यक्ष तुलसा गुरुङले भनिन्, ‘यो निर्णय तत्काल कार्यान्वयनमा आउनुपर्छ। भविष्यमा कसैले पनि सरकारी, सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने हिम्मत नगरोस्।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]