• माघ १३, २०७६
  • जुनकिरी खबर

मोरङको सिँहदेबीमा एनसेल टावरमा बिस्फोट

alt

अज्ञात समुहले मोरङको उत्तरी पहाडी क्षेत्र केरावारी गाउँपालिका २ स्थित सिँहदेबीको सोमवारेमा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ।

आज साँझ ७ बजेतिर अज्ञात समुहले एनसेल टावरमा बम बिस्फोट गराएको स्थानियबासीले जानकारी गराएका छन ।

टावरमा बम बिस्फोट भएपछि त्यहाँको एनसेले फोन सेवा अरुवद्ध भएको छ । घटनास्थल पुर्वपश्चिम राजमार्गदेखी करिब ३० किमी उत्तर पहाडी क्षेत्रमा पर्छ ।

सिँहदेबी मोरङ र धनकुटा जिल्ला जोडने स्थान हो । घटनामा के कति क्षति भएको भन्नेबारे कुनै विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। मोरङको उत्तरी क्षेत्रमा प्रहरीको उपस्थिती छैन ।

५ माघ साँझ मोरङको मिक्लाजुङ गाप १ आइतबारे नजिक अज्ञात समुहले ३ वटा स्काभेटरमा आगजनी गरेको थियो ।

१० माघ शुक्रबार साँझ मोरङको केरावारी गाउँपालिका भवनमा अज्ञात समुहले प्रेसरकुकर बम बिस्फोट गराएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]