• माघ १५, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना

alt

प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एकसय मिटरभित्र सूर्तीजन्य पदार्थको सेवन, बिक्री र प्रदर्शन गर्न नपाइने ‘ब्यानर’ राखेर अभियानको सुरु गरिएको हो ।

ब्यानरमा लेखिएको वाचन गरेर मुख्यमन्त्री शेरधन राईले अभियानको थालनी गर्नुभएको छ । सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण ऐन २०६८ अनुसार प्रदेश सरकारले अभियान सुरु गरेको हो ।

सूर्तीजन्य पदार्थको नियन्त्रण अभियानको सुरुवाती कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयले सातवटै मन्त्रालयका एक सय मिटरवरिपरि प्रयोग, बिक्री र प्रदर्शनमा बन्देज गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको सक्रियतामा प्रदेशका सातवटै मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय मोरङमा सूचना र निर्देशनमूलक ब्यानर राखिएको छ ।

नियमको कार्यान्वयन गराउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

सूर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी नियम चैत्र मसान्तभित्रमा एक नम्बर प्रदेशका सबै स्थानमा लागू गरिसक्ने योजना प्रदेश सरकारको रहेको छ ।

प्रदेशका सबै सार्वजनिक र सरकारी निकायमा उक्त नियम उल्लेख भएको साइन बोर्ड अनिवार्य राख्नुपर्ने र यदी त्यसो नगर्ने कार्यालय प्रमुखलाई पाँच हजार जरिवाना गराइने प्रावधान लागू गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]