• माघ १६, २०७६
  • जुनकिरी खबर

लेडि जेसिज इटहरीको नयाँ अध्यक्षमा रोशना थापा

alt

इटहरी लेडि जेसिजले १८ औ पदस्थापना एवम पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रममा सामाजिक बिकास राज्ममन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य तथा लेडि जेसिज वर्ष २०१९ कि अध्यक्ष सिता रसाइलीको सभापतिमा सुरू भएको पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम वर्ष २०२० कि अध्यक्ष रोशना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । लेडि जेसिज स्थापना देखि अहिले सम्म बिभिन्न पदमा रहेर महत्वपुर्ण भुमिका निर्वाह गर्दै संस्थामा सकृय जेसिज सदस्यहरूलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा पुरानालाइ बिदाइ गर्दै नयाँ कार्य समिति चयन भएको छ ।

वर्ष २०२० कि अध्यक्ष रोशना थापा , कार्यकारीणी उपाध्यक्ष इन्दिरा काफ्ले , सुमित्रा भट्टराई, महासचिवमा गिता सुशेदी, कोषाध्यक्षमा दुर्गा खडका , कानुनि सल्लाहाकारमा निशा दहाल , लगायतलाई पदस्थापना तथा सपथग्रहण गरीएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथीहरू नेपाल जेसिजका निवर्तमान राष्ट्रीय अध्यक्ष महेश पौडेल , इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम,उद्योग वाणिज्य संभका वरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल, नेपाल चेलीबेटी अपांग महिला समाजकी संस्थापक अध्यक्ष तृप्ता मगर नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेल , इटहरी जेसिजका अध्यक्ष बिनोद पौडेल, लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]